अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु

0
91

अर्घाखाँची,

सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।

किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा खम्बाबाट खसेर सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर रानाको ज्यान गएको हो ।

अर्का किरन राना घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब मुकुन्द रिजालले बताउनुभयो ।

गम्भीर घाइते भएका रानाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here