बिर्तामोडमा बिद्युतीय कार ‘नेक्सन ईभी म्याक्स’ सार्वजनिक

0
97

बिर्तामोड , झापाको बिर्तामोडमा भारतीय कम्पनी टाटा मोटर्सले आफ्नो विद्युतीय कारको पछिल्लो संस्करण ‘नेक्सन ईभी म्याक्स’ सार्वजनिक गरेको छ ।
बिर्तामोडस्थित अलस्का अटो मोवाइल्स प्रालिमा आयोजित कार्यक्रमकाबीच पछिल्लो संस्करण ‘नेक्सन ईभी म्याक्स’ सार्वजनिक गरिएको हो । संबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कोशी प्रदेश सभा सदस्य उद्धव थापा, अलस्का अटो मोवाइल्स प्रालिका सञ्चालक प्रकाश शिवाकोटी , सिप्रदीका सावनजंग सिजापति, टाटा कम्पनीका प्रसन्न गंगा नाथन लगायतले संयुक्त रुपमा सो गाडीको सार्वजनिक गरिएको हो ।
टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘नेक्सन ईभी म्याक्स’ सार्वजनिक गरेको हो ।
कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा उपलब्ध गराउने बताएको छ । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स भएको कम्पनीले दावी गरेको छ ।
१०० किलोवाटकै मोटर रहेका कारण यो गाडीले नेपाली बजारमा आक्रामक बजार कायम राख्ने ठानिएको छ । यसअघि बजारमा उपलब्ध भएको नेक्सन ईभीमा ९५ किलोवाटको मोटर रहेको थियो ।
४०.५ किलोवाट आवरको ब्याट्री रहेको नेक्सन ईभी म्याक्सल बढीमा ४५३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । नेक्सन ईभीमा ३०।२ किलोवाट आवरको ब्याट्री रहेको थियो । बढीमा १२९ पीएस क्षमता रहेको नेक्सन ईभी म्याक्सको टर्क क्षमता २५० एनएमसम्म छ ।
७.२ किलोवाटको फास्ट चार्जरले साढे ६ घण्टामै र ३।३ किलोवाटको चार्जरले गाडी १५ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ । डीसी फास्ट चार्जिङले भने ० देखि ० प्रतिशत चार्ज ५६ मिनेटमै हुने कम्पनीले जनाएको छ । एक हजार ७४ किलोग्राम कुल तौल रहेको नेक्सन ईभी म्याक्सको ग्राउण्ड क्लियरेन्स १९० एमएम छ । गाडी निलो, सेतो र खैरो गरी तीन रङमा उपलब्ध छ । सिप्रदीका अनुसार देशभर १९ फास्ट चार्जर रहेको छ । गाडीमा ब्याट्रीको वारेन्टी आठ वर्षको रहेको छ ।
स्वागत मेघ सिंहले गरेको कार्यक्रममा कम्पनीका पोडक्ट हेड निर्मल खत्रीले गाडीका बारेमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here