पथरीशनिश्चरेमा उन्नत वोयर जातको बीऊ बोका हस्तान्तरण

0
93

पथरीशनिश्चरे ।

मोरङको पथरी शनिश्चरे १० को मनकामना टोलमा उत्साही साना किसान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरी शनिश्चरेले उन्नत वोयर जातको बीउm बोका हस्तान्तरण गरेको छ ।

शुक्रबार एक सार्वजनिक सुनुवाई तथा वितरण कार्यक्रमको आयोजना गर्दै उत्साही साना किसान कृषि सहकारी संस्थाले पथरीशनिश्चरे १० को चन्द्रकला कृर्षि फर्म माउ बाख्रा पालक कृषक चन्द्रकला खड्कालाई एउटा उन्नत जातको बिउ बोको हस्तान्तरण गरिएको हो।

प्रदेश सरकार, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज केन्द्र मोरङको आर्थिक वर्ष २०७९–०८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदान सहयोगमा एक लाख मुल्यका दुई वटा बोयर जातको प्रजनन योग्य बिउ बोका वितरण गरिएको उत्साहि साना किसान कृषि सहकारी संस्था लिमिटेडकी प्रवन्धक आईता कुमारी राईले बताउनुभयो।

उहाँले सो अवसरमा संस्थाको पहलमा पथरीशनिश्चरे(०३ को सृजना टोलका अर्का पशुपालक पदम प्रसाद दहाललाई हस्तान्तरण गरिने भएको छ। पशुपालक कृषकहरूले पनि २५ प्रतिशत लगानी गरेको शर्तमा प्रदेश सरकार, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज केन्द्र मोरङ्गले उत्साहि साना किसान कृषि सहकारी संस्था मार्फत वितरण गरेको उक्त संस्थाकी अध्यक्ष विन्दादेवि राई ु विन्दु ु ले जानकारी दिनुभयो।

उत्साही साना किसान सहकारी संस्था लिमिटेड,पथरी शनिश्चरे–०१ की अध्यक्ष विन्दादेवि राई (विन्दु)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं १० का वडा सदस्य क्रमशः मिना कुमारी योन्जन तामाङ, वीरबहादुर बस्नेत, उत्साही साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष केशव वराल ,सह–प्रबन्धक सारिका भट्टराई, स्थानीय शिक्षक टेकनाथ रिमाल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here