देश सम्झेर

0
576

ऊ भावनामा बहकिन थाल्यो । हेर्दाहेर्दै निराशाको बादलले घेरेको जस्तो लाग्यो उसलाई । देशको अवस्था सम्झेर टपक्क आँशु झा¥यो । आफ्नो देशप्रति अथाह प्रेम जाँगेर आएको छ उसलाई । रुन मात्र सकिरहेको छैन । राजनीतिक अस्थिरताले गर्दा अपराध बढेको बढ्यौं छ । भष्ट्राचार, बलात्कार जघन्य अपराध समाजमा बढेकोले ऊ चिन्तित देखिन्छ ।

मानबीर मगर मध्यम परिवारको युवा हो । उसको श्रीमती, दुई छोरी छन् । पार्टी, सम्मेलन सभाहरुमा विभिन्न कार्यक्रममा देशभक्तिले ओतप्रोत भएको कविता लेखेर सुनाउने गर्छ । मुटुभित्र देश बोकेर हिडिँरहेको छ । धड्किरहेको छ देशभक्तिको भावना । प्राणभन्दा प्यारो छ आफू बसेको देश । देशप्रति धावा बोल्नेलाई कसैलाई छाड्दिन भन्छ । अनेकखालको प्रश्न उसको मनभित्र खेलिरहेको छ । कहिलेकाही धिकार्छ नेता मन्त्रीहरूलाई । घरी–घरी रीस पोखिएको छ ।

बिहानको खाना खाएर । श्रीमतीलाई मुक्तिचोक जान्छु भनेर हिँडेको छ । त्यहाँ उसले सोच्न थाल्यो । यहीँ चोकमा विद्रोह भए । परिवर्तनको नारा गाए मानिसहरुले । क्रान्तिका गीत बजाए । समृद्ध नेपाल सुखी नेपालीको कल्पना गर्दागर्दै मानिसहरुले ज्यान समेत गुमाएका छन् । नाम पाएर पनि मुक्त हुन नसकेको यो मुक्तिचोक नामको मात्र रहेछ ।

यस्तै–यस्तै सोचिरहेको थियो । उतिबेला नै मानबीरको नजिक साथीसँग भेट भयो । उसले खाजा खाने प्रस्ताव राखेपछि माने होटलतिर गयो । निकैबेर गफ गरेपछि उसको साथी त्यहाँबाट गयो । उसले बाटोमा देख्यो युवा–युवती निकै मानिसको जमात राकेँ जुलुस र नारा लगाउँदै आइरहेका थिए । सरकारबिरुद्ध खबरदारी गरिरहेका थिए । चर्को आवाजमा बोलिरहेका देखिन्थे ।

मुक्तिचोकको आसपास तीन फन्को घुम्यो मानबीर । साँझ पर्न लागेको थियोे । उसको श्रीमतीले फोन गरिन्– कहाँ हुनुहुन्छ ? उसले झट्ट जवाफ फर्कायो । – म आउँदै छु ।

केही समयपछि घर फर्कियो । खाना पकाउन सघायो श्रीमतीलाई । छोरीहरु पल्लो कोठामा बसेर पढिरहेका थिए । देश सम्झेर माने पहिलोपटक भावुक भएको होइन । कयौंपटक ऊ भावनामा बग्छ । तर, आज चै निकै नै भावविह्वल भएको छ । शान्तिको अनुभूति गर्न पाएका छैनन् । देशमा बसेर अन्याय परिरहेका छन् ।

निमर्ला पन्त, सम्झना विकहरुले राज्यले बेवास्ता गरेको छ । माने अझ भावुक भन्यो देश सम्झेर । श्रीमतीले भान्साकोठाबाट बोलाइन्– खाना खान आउनु ।
त्यसपछि दुबैले खाना खाएर माने टिभी हेर्न गयो । श्रीमती चै भाडा माझ्नतिर लागिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here