ज्योति विकास बैंकले आगलागी पीडितलाई उचित क्षतिपूर्ति दिने सहमति

0
55

छविराज ढकाल/ पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरेमा रहेको ज्योति विकास बैंकको कार्यालयले एक हप्ता पछि आगलागी पिडितलाई क्षतिपुर्ति दिने भएको छ।

पथरी उद्योग बाणिज्य संघको कार्यलयको पहलमा बसेको छलफलबाट बैकले पीडितलाई क्षति पुर्ति तिर्ने भएको हो । एक हप्तादेखि आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायी तथा व्यापारीहरूको मागलाई लिएर सहमतिको प्रयास सफल हुन सकेको थिएन । पथरी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष दिपक बस्नेतको पहलमा बैंककाे केन्द्रीय कार्यालयबाट पठाएका प्रतिनिधि, ब्यापारी, उद्योग वाणिज्य व्यापार संघ र प्रहरी विचको छलफलले पीडित व्यवसायीलाई उचित क्षतिपुर्ति प्रदान गर्ने सहमति भएको हो ।

बैंकले ऋणीबाट उठाउँदै आएको विभिन्न सेवा सुविधाबाट भरत भण्डारीलाई क्षतिपुर्ति दिने भए पछि आन्दोलन रोकिएको हो । बैकबाट पथरी शनिश्चरे १ का भरत भण्डारी ठगिएका थिए । उनले २०७७ सालको बैशाखमा पसल धितो राखेर १० लाख महिला उद्यमी कर्जा लिएका थिए ।

भण्डारीले ज्योति विकास बैकबाट उनकी श्रीमति सुनिता दहाल भण्डारीको नाममा ऋण लिएका थिए। नेपाल राष्ट्र बैङ्कको नीति अनुसार भण्डारीको श्रीमतीले ५ बर्षमा चुक्ता गर्ने गरी ऋण लिएकी थिईन ।भण्डारीको उद्योगमा २०८० बैशाख ३० गते आगलागी भई जलेर नष्ट भएपछि विमा भुत्तानी दावी गर्न गएका भण्डारीले बैकबाट अपहेलित भएका थिए । बैंकको पथरी स्थित शाखाले विमा नवीकरण नगरेको थाहा पाए पछि ब्यापारीहरूले विगत ६ दिनदेखि पथरी शाखामा आन्दोलन गरेका थिए ।

नियमित कर्जा तिर्दै आएका भण्डारीको ज्योति विकास बैकले उद्योगको मात्र नभई ऋषिहरुको समेत जबर्रजस्ती विमा गराएको थियो ।
बैंकको सुरक्षाको लागि ऋणीको उद्योगको विमा गराएको बैंकले विमा नवीकरण नगरे पछि समस्या उत्पन्न भएको थियो । बैंकको निर्देशनमा भण्डारीले उद्योग र श्रीमतीको लोन ट्रम विमा गराएका थिए ।

उद्योग जलेर नष्ट भए पछि विमा भुत्तानी दाबी गर्न बैंक जाँदा भण्डारी छागाबाट खसे । बैंकले उद्योगको विमा नविकरण नगरिदिएका कारण भण्डारीले विमा भुत्तानी नपाउने भएका थिए । जुन पसलको नाममा कर्जा खाएको उक्त पसल नै जले पछि कसरी ऋण तिर्ने भनेर भण्डारी समस्यामा थिए । सोहि विषयलाई लिएर बैंकको चरम लापरबाही गरेको भन्दै ब्यापारीहरू आन्दोलित हुँदै गत आइतबार देखि नै बैकका शाखा कार्यालयमा घेरेका थिए। बुधबार दिउँसो बैंकको अफिसमा ताला समेत लगाउन खोजेका थिए।

पटक पटक छलफल भए पनि निष्कर्षमा नपुगे पछि ब्यापारीले ४ गते बैंकका कोसी प्रदेश प्रमुख राजेस सुवेदी, रोशन थापा सहित ४ जना कर्मचारीलाई उद्योग वाणिाज्य संघको कार्यलयमा ब्यापारीहरुले घेरेर दवाव दिएका थिए । नियमित कर्जा तिर्दै आएका भण्डारीले ४ लाख ९० हजार क्षति दावी गरेका छन् । बैंकले आफ्नो गल्ती स्वकार्दै उचित क्षतिपुर्ति दिने भए पछि समस्या समाधान भएको उद्योग वाणिज्य संघ पथरीका पुर्व अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

सो सम्वन्धमा ज्योति विकास बैँक पथरी शाखाका कर्मचारीको लापरवाहीका कारण समस्या आएको कोसी प्रदेश प्रमुख राजेश सुवेदीले बताएका छन् । उनले ‘कर्मचारीले घटना र समस्या जे हो ,त्यो जानकारी बैंकको प्रदेश कार्यलयलाई नगराएको ‘सुवेदी बताउछन्।उता, सोहि बैंकका पथरी शाखा प्रमुख कमल बहादुर पौडेल भने बैदेशिक रोजगारीका लागि पोल्याण्ड जाने भन्दै एक महिना अघि राजिनामा दिएको जनाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here