झापा, पर्यटन प्रर्वधनका लागि नेपाल टुरिजम वोर्डको आयोजनामा भारतका विभिन्न सहरमा पर्यटन प्रर्वधनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।
बीटुबी विजिनेस टु विजिनेस कार्यक्रम कार्यक्रम अन्तरगत भारतको सिलिगुडी, गुहाटी, मेघालयस्थित सिंगोलमा कार्यक्रम गर्न लागिएको नेपाल टुरिजम वोर्डका सूर्य थपलियाले बताए ।
नेपाल टुरिजम वोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सहआयोजनामा नेपाल सेल्स मिसन इन इण्डिया कार्यक्रम गर्न लागेको हो ।
जेठ ८ गतेदेखि १३ गतेसम्म भारतको शिलगढी, आसामको गुवाहाटी र मेघालयको सिलोंगमा नेपाल प्रवद्र्धन कार्यक्रम गरिन लागिएको नेपाल टुरिजम वोर्डका सेल्स एण्ड मार्केटिङ म्यानेजर थपलियाले बताए ।
भारतको शिलगढी, आसामको गुवाहाटी र मेघालयको सिलोंगमा रहेका ट्राभल एजेन्सी, ठूला होटलका सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिहरुसंग विजनेस टु विजनेस कार्यक्रम गरिने उनले बताए ।
कार्यक्रममा नेपाल टुरिजम वोर्डका प्रतिनिधी, पर्यटन कार्यालयका प्रतिनिधी , नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका प्रतिनिधि, कोशी प्रदेशका ट्राभल एजेन्सीका सञ्चालक,पत्रकार गरी २० जनाको सहभागिता रहने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।
कोशी प्रदेश तथा नेपालमा वढीभन्दा वढी भारतीय पर्यटक भित्र्याउन उनीहरुलाई नेपाल घुम्न आउन प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा नेपाल टुरिजम वोर्डका अधिकृत गोपाल भण्डारी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव नवीन खरेल, सल्लाहकार शेखर ढकाललगायतले यस्तो कार्यक्रमबाट कोशी प्रदेश तथा नेपालमा पर्यटकीय गतिविधी वढ्नुका साथै भारतीय पर्यटकको आगमनबाट नेपाली पर्यटन व्यवसायीले आर्थिक उपार्जन गर्न सकिने बताए ।































