झापा ।

झापाको छुट्टा–छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका–८ भद्रपुर बिमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाण्डौ जान लागेकी कमल गाउँपालिका–७ झापा घर भई काठमाण्डौ बस्दै आएकी २६ बर्षीया एन्जल राईले भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
उता इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मेचीपुलबाट बुद्धशान्ती गाउँपालिका(१ का २२ बर्षीय समिर दर्जी, मेचीनगर–१ का २१ बर्षीय दिपेश कुमार राजबंशीलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































