८ करोड बढी ठगी गर्ने कांग्रेस नेता पक्राउ

0
153

काठमाडौं।

नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका छन् ।

साढे ८ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए ।

सिन्धुलीका ४३ वर्षीय गुरुङले विभिन्न व्यक्तिलाई प्रलोभन देखाएर नगद तथा सुनसहित ८ करोड बढी ठगी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघातसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here