भगवतीको २१ औं वार्षिकोत्सव

0
84

सुरुङ्गा ।

कनकाई नगरपालिका–५ स्थित भगवती आधारभूत विद्यालयको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद पाठकको अध्यक्षता र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ शिक्षाकर्मी हरिबहादुर कटुवाललाई अभिनन्दन गरिएको थियो ।

त्यसै गरी, कार्यक्रममा जीवनाथ ओझा, बुद्धिप्रसाद पराजुली, हरिमाया भट्टराई, वीरबहादुर धमला लगायतलाई सम्मान गरिएको थियो । वर्षउत्कृष्ट कर्मचारीको रूपमा गङ्गाप्रसाद विश्वकर्मा र वर्ष उत्कृष्ट शिक्षकका रूपमा धनमाया श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा भागीरथा पौडेल स्मृति अक्षयकोष, महेश्वरा–चन्द्रमाया पोखरेल स्मृति अक्षयकोष, पर्शुराम–पवित्रा स्मृति अक्षयकोष, कृष्णलाल संग्रौला स्मृति अक्षयकोष, दिव्यसरा पाठक स्मृति अक्षयकोष, विष्णुप्रसाद ओली स्मृति अक्षयकोष, डम्बर राई स्मृति अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद बिमलीले विद्यालयको प्रगत प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शि वाकोटी, मनोवैज्ञानिक डा. सुशील कडेंल, स्रोत व्यक्ति मेदनीप्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति राखेको कार्यक्रम शिक्षकहरू धनमाया श्रेष्ठ र रामकुमार पाठकले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here