गणित शिक्षकलाई दक्ष बनाउन प्याब्सन झापाको तालिम

0
149

झापा ।

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद घिमिरेले शिक्षक शिक्षिकाले विद्यार्थीको भविष्यमाथि एक सेकेण्ड पनि खेलवाड नगर्न अनुरोध गरेका छन् ।

गणित विषयका शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापाको झिलझिेमा आयोजना भएको पुनर्ताजगी तालिमको उद्घाटन गर्दे उनले भने,‘ अन्य पेसाका मानिस भन्दा शिक्षक पेसाका मानिस सबै भन्दा बौदिक हुने भएकाले अभिभावकले हजारौ, लाखौं खर्च गरेर नीजि विद्यालयमा अध्यापन गरिरहेका विद्यार्थीको भविष्यका बारेमा अधिकाँस समय ध्यान केन्द्रित गरिदिनुहोस् ।’

‘विद्यार्थी र अभिभावकले सबै भन्दा ‘कप्लेन’ गर्ने विषय पनि गणित नै हो,’ ट्युसन, कोचिङ र क्लास धेरै गराउँदा पनि काृेर्ष कम्पिड नहुँदा प्रिन्सिपलको कचकच पनि गणित विषयकै शिक्षकले खेप्नु पर्छ ।’ यस्तो बेलामा धेरै मानसिक तनावमा गणित शिक्षक हुने गरेको उनले बताए । कार्यरत विद्यालयमा चित्त नबुझे सेवाबाट बिदा लिइदिनुहोस् । विदा नलिए विद्यार्थीमाथि हेलचेक्राई नगरिदिनुहोस ।’

प्याव्सन झापाले विद्यार्थीको सिकााई क्रियाकलापलाई प्रभाावकारी बनाउन खासगरेर शिक्षकलाई विभिन्न प्रशिक्षण तथा तालिम दिदै आएको छ । झापाका १५ पालिकाहरुलाई दुई भागमा विभाजन गरेर तालिम आयोजना गरेको प्याब्सन झापाका अध्यक्ष गाौरीमान फागोले जानकारी दिए । गएको शनिबार बिर्तामोड र सोमबार झिलझिलेमा आयोजना भएको हो ।

प्याव्सन झापाको आयोजना तथा बेदान्त पब्लिकेशनको सहयोगमा भएको प्रशिक्षणामा माई पश्चिमका पालिकका गणित विषयका शिक्षकहरुको सहभागिता रहेको थियो । गणित विषय अध्यापन गराउँदै आएका शिक्षकहरुलाई गणित विषयका लेखक तथा वरिष्ठ प्रशिक्षक हुकुमप्रसाद दाहालले प्रशिक्षण दिएका छन् ।

उनले गणित विषयको पाठ्य विधि, पाठ्यभार, मूल्याङ्कन पद्धती, कक्षा शिक्षण, पाठ्य घण्टा, प्रश्न पत्र निर्माण तथा नयाँ पाठ्य पुस्तकको शिक्षण पद्धती लगायतका विषयमा शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

गणित विषयलाई विद्यार्थीले अप्ठ्यारो मान्ने तथा शिक्षण पद्धतीको ज्ञान शिक्षकमा कमी हुँदा शिक्षण पद्धती प्रभावकारी नहुने भएकाले यस पटक शैक्षिक सत्र शुरु हुन साथ प्रशिक्षण प्रदान गरिएको जनाइएको छ ।

विषयगत शिक्षण सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षक केन्द्रित तालिमको आयोजनाा गरिएको बताइएको छ । शिक्षक दक्ष भएमा शैक्षिक क्षेत्रको सुधारका लागि महत्वपूर्ण सहयोग मिल्ने प्याव्सन झापाका अध्यक्ष फागोले बताए ।

कार्यक्रमको संचालन प्याव्सन झापाका सचिव हरिकृष्ण पाठकले गरेका थिए भने गौरिमान फागोको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here