एमसीसी कार्यान्वयनमा अमेरिकी चासो

0
84

काठमाडौं ।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को एसिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ ।

टोली नेपालमा सुरु हुन लागेको एमसीसी परियोजनाबारे बुझ्न आएको हो । भेटमा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन पनि भेटमा सहभागी थिए । एमसीसी सम्झौता आगामी अगष्टबाट कार्यान्वयनमा लैजाने तयारी छ ।

एमसीसी कार्यान्वयनमन जाने मिति नजिकै आएको र कायर्मन्वयनमा गएपछि ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्छ । यही कारण एमसीसी पूर्वतयारीको अवस्थाका बरेमा जानकारी लिन टोली आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here