अर्जुनधारा–७ को ब्याक हो लोडर ड्राइभिङ सम्बन्धी तालिम सम्पन्न

0
138

अर्जुनधारा ।

“सीप सिकौं, उद्यम गरौं र आत्मनिर्भर बनौं” भन्ने मुख्य नारासहित अर्जुनधारा–७ नं. वडा कार्यालयको आयोजनामा आयोजित १५ दिने ब्याक हो लोडर ड्राइभिङ सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष ०७९/०८०को स्वीकृत वडास्तरिय योजनाको युवा, महिला स्वरोजगार आय आर्जन तथा सीप सम्बन्धी कार्यक्रम अन्र्तगत सञ्चालन भएको तालिममा १२ जना प्रशिक्षार्थी सहभागी भएको वडा सचिव सस्मिता लुँइटेलले जानकारी दिइन् ।

इटहरीस्थित रौताहा टेक्निकल कलेज प्रा.लि. तालिम प्रदायक संस्था रहेको उक्त तालिम गत वैशाख २६ गतेदेखि सञ्चालन भएको प्रा.लि.झापाका कार्यक्रम संयोजक सुमन दियालीले जानकारी दिए ।

वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षतामा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । निवर्तमान नगर कार्यपालिका सदस्य रमेशकुमार दर्जीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रशिक्षार्थी मिलन राईले तालिमको अनुभव बारे प्रस्तुत गरेका थिए ।

वडा सचिव लुँइटेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रा.लि. झापाका कार्यक्रम संयोजक दियालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here