भारतीय माओवादी नेता दिनेश गोप पक्राउ !

0
167

राजविराज ।

नेपालका माओवादी नेताहरु विगतमा भारतबाट पक्राउ पर्ने गरेका थिए । भारतका एक जना माओवादी नेता यता समातिएका छन् ।

भारतमा सर्वाधिक खोजी गरिएका माओवादी नेता दिनेश गोपलाई नेपालबाट गिरफ्तार गरिएको बुझिएको छ । उनको बारेमा सुराकी दिनेलाई ३० लाख भारतीय रुपैयाँ पुरस्कार राखिएको थियो ।

विगतमा नेपालभित्र पनि माओवादी नेताहरुको टाउकोको मूल्य तोकिएको थियो । भारतीय सञ्चारमाध्यमहरुले गोप नेपालमा पक्राउ परेको समाचार सम्प्रेषण गरेका छन् । तर, भारतीय र नेपाल प्रहरीले यसबारे आधिकारिक जानकारी दिएका छैनन् ।

दिनेश झारखण्ड राज्यमा चलाइएको प्रतिबन्धित उग्रवादी संगठन–पिपुल्स लिबरेसन फ्रन्ट अफ इण्डिया पीएलएफआईका प्रमुख हुन् । उनी डेढ दशकदेखि भूमिगत थिए ।

भारत सरकारले उनीविरुद्ध एक सयभन्दा बढी आपराधिक कार्यमा संलग्न भएको आरोपमा मुद्दा दर्ता गरिसकेको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here