भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता

0
78

काठमाडौँ,

भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच विदेशमन्त्री जयशंकरकै कार्यक्षमा शिष्टाचार भेट भएको राजदूत शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

भेटमा नेपाल र भारतबीचको गहिरो आपसी सम्बन्धका बारेमा छलफल भएको उनले उल्लेख गरेका छन् ।

भेटकै क्रममा आउँदा दिनमा नेपाल(भारत सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा चर्चा गरिएको उनले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here