होटल व्यवसायी संघ मेचीनगरको प्रथम अधिवेशन सम्पन्न

0
87

लक्ष्मी उप्रेती,
मेचीनगर ।

होटल व्यवसायी संघ मेचीनगरको प्रथम मेचीनगर अधिवेशन शनिवार सम्पन्न भएको छ ।

संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले होटल व्यवसाय पर्टयनसँग जोडिएको बताउँदैँ कोशी प्रदेश प्रचुर सम्भावना बोकेका कारण यो प्रदेशलाई पर्यटनसँग जोडेर व्यवसाय स्थापित गर्न सके देशनै समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।

हरेकले आ–आफ्नो व्यवसायलाई पर्यटक मैत्री बनाएर मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । होटल व्यवसायीहरूले व्यवसायलाई गन्तव्यका रूपमा बनाएर सुरक्षितरूपमा सेवा दिनुपर्ने प्रदेशसभा सदस्य तामाङले बताउनुभयो ।

यो नाकाले आफ्नो छुट्टै पहिचान बनाउनुपर्ने भन्दैँले यसमा आफुले आफ्नो भूमिका निर्वाह गर्ने प्रमुख अतिथि तामाङले प्रतिवद्धता व्यक्त गर्नुभयो । आन्तरिक पर्यटकलाई महत्वकारूपमा राखेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । हात्तीलाई पर्यटकसँग जोड्न सके आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउन सकिने उहाँले विश्वास दिलाउनुभयो ।

कार्यक्रमका सभापति एवम् संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । देश विकासको मेरूदण्डको रूपमा रहेको होटल व्यवसाय व्यवसायमा मात्र सिमित नरहेर समुन्नत समाज र राष्ट्र निर्माणका लागि अति आवश्यक सेवामुखी सम्वेदनशिल व्यवसाय भएको प्रतिवेदनमा उल्लेख छ । कोभिड १९ का कारण थला परेको होटल व्यवसाय अझ‌ पनि पुरानै लयमा फर्काउन नसकेको अध्यक्ष श्रेष्ठको भनाई थियो । मेचीनगर नगरपालिकाभित्र धार्मिकलगायत विभिन्न पर्यटकिय क्षेत्र रहे पनि पर्यटकलाई एकरात पनि नगरमा राख्न नसकिएको हुँदा यसतर्फ सवैजना लाग्नुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले आफ्ना व्यवसायलाई सम्मानका साथ उच्च राख्न सके पर्यटकहरूको संख्या बृद्धि भई व्यपार व्यवसायमा समेत बृद्धि हुने विचार राख्नुभयो । नगरका उद्योगी व्यवसायीको व्यवसाय पुरानै लयमा फर्के रोजगारको अवस्था सिर्जना हुने र होटल व्यवसायीहरूको जीवनस्तर बढ्न गई समुन्नत राष्ट्रको विकाशमा टेवा पुग्ने श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ ।

कोभिडका बखत नेपालमात्र नभएर विश्व नै आर्थिक मन्दीमा गुज्रिरहेको अवस्थामा यात्रु आवतजावतमा नाकामा हजारौँ कठिनाई र समस्याका कारण यहाँको व्यवसाय घटेको र लामो समय कोभिडबाट थलिएको होटल व्यवसाय आज आएर फेरि आर्थिक मन्दी र बैकिङ्ग व्याजले उठ्नै नसक्ने गरि संकटमा परेको उहाँको भनाई छ ।

यो संकटको घडीमा होटल व्यवसायीहरूको बैंक व्याजमा कटौतिलगायत यसक्षेत्रको समस्यालाई अविलम्ब समाधानकालागि नेपाल सरकार तथा स्थानीय सरकारलाई पहल गरिदिन अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

प्रतिवेदनमा संघको विगत, वर्तमान र भविष्यका बारेमा स्पष्ट छ । संघको चुनौतीलगायतका विषयलाई समेत प्रतिवेदनमा समेटिएको छ । भारतीय नम्वर प्लेटका सवारी साधनले सोझै सीमा पारी यात्रु लैजाने कामले नेपाली उद्योगी व्यवसाय मारमा पर्नु मुुख्य चुना‌ैती रहेको उल्लेख छ । हाम्रा व्यवसायलाई समय अनुसार परिवर्तन गर्न नसक्नु, प्रविधि मैत्री र यात्रु मैत्री बनाउन नसक्नु पनि चुनौतीको रूपमा रहेको छ ।

कार्यक्रममा कोशी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली,मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य, होटल व्यवसायी संघ चारआलीका संस्थापक अध्यक्ष भोजराज पराजुली, मेचीनगर वडानम्वर ६ का वडध्यक्ष ललितबहादुर तामाङ , मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष खेम प्रसाई, होटल व्यवसायी संघ झापाका सचिव शिव पौडेललगायतले बोल्नुभएको थियो ।

नगरभित्र होटल सञ्चालन गरिरहेका व्यवसायीहरू सीता राई, लोकमाया सुब्बा, मेखबहादुर पौडेल, नरदेवी गुरूङ्ग, ज्ञानु लामा, रूदल साह, डोमी शेर्पा, कमला सुब्बा, माईली तामाङ , सुनमाया तामाङ , रूक्मणि प्रधान, लगायतलाई दोसल्लाले सम्मान गरियो । संघका संस्थापक अध्यक्ष गौरीलाल श्रेष्ठ, उपाध्यक्ष प्रेमनारायण श्रेष्ठ र कोषाध्यक्ष श्यामकुमार कार्की लाई मरणोप्रान्त सम्मान प्रदान गरियो ।

उहाँहरूको सम्मान क्रमशः कुमारी प्रधान, दीलकुमारी श्रेष्ठ र दीपककुमार कार्कीले ग्रहण गर्नुभएको थियो । प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङलगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा संघलाई सहयोग गर्ने संघ संस्था र व्यक्तिलाई समेत सम्मान पत्र प्रदान गरियो ।

संघका सचिव हस्तकुमार तामाङले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा सहभागी सवैलाई संघका उपाध्यक्ष मानबहादुर गिरीले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here