प्रगति महिला कृषक समूहद्वारा तनाव व्यवस्थापन गर्न चेतनामूलक कार्यक्रम

0
196

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० स्थित प्रगति महिला कृषक समूहको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा तनाव व्यवस्थापनका लागि एक दिने चेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

तालिमका सहभागीहरुलाई तनाव न्यूनिकरणका उपायहरु बारे सिकाउँदै दैनिक जीवनमा प्रयोग गर्न सक्षम र सबल बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समूहकी अध्यक्ष गान्धारी मिश्रले जानकारी दिइन् ।

स्थानीय ज्येष्ठ नागरिक सामुदायिक मिलन केन्द्रको सभाहलमा समूहकी अध्यक्ष मिश्रको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि वडाध्यक्ष भूपेन्द्र न्यौपानेले उद्घाटन गरेका थिए ।

सहजकर्ता कोशी प्रदेशका रोष्टर ट्रेनरद्वय अरुणा चौधरी र समिता श्रेष्ठले सहजिकरण गरेको तालिममा ६० जनाको सहभागिता रहेको बताइएको छ ।

समूहकी सदस्य सीता बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य सावित्राकुमारी बाँस्कोटाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here