आयु निर्माणको तयारी

0
171

झापा, क्षितिज नाट्य प्रतिष्ठानको ब्यानरमा नेपाली कथानक चलचित्र आयु निर्माण हुने भएको छ ।
बिद्यालयस्तरका किशोर किशोरीको बिषय बस्तुमा आधारित समय सापेक्ष चलचित्रलाई झापाको पर्यटकीय स्थल दोमुखा माइधारमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधब कल्पितले पूजा पाठ सहित नरिवल फुटाएर शुभ मुहुर्त कार्य सम्पन्न गरेका छन् ।
प्रतिष्ठानका केन्द्रीय सदस्य तथा नाट्य विभाग प्रमुख गजेन्द्र पृथकको लेखन÷ निर्देशन रहेको चलचित्रमा राष्ट्रिय कलाकारहरु शारदा गिरी(काली बुडी) सुरवीर पण्डित (दारि बा), सामना सिटौला, भरत गुरागाइ तथा प्र तिष्ठानका कलाकारहरु माधब कल्पित , सबिता रेग्मी , माधब सिटौला , गजेन्द्र पृथक ,हरि प्रसाद भण्डारी ,माया सिटौला रहेका छन् ।
त्यस्तै गंगा प्रसाई ,ई. समीन खतिवडा ,राजु खरेल,रतन शिगु, महेन्द्र सिटौला ,बालबलाकार प्रोग्रेस खतिवडा र अशिम कार्की लगायतका कलाकारहरुको भूमिका रहेको छ ।
प्रेम भण्डारीको छायांकन र पारु खतिवडा को श्रृङ्गार रहने चलचित्र झापाको माइधार,बनियानी,कचनकवल, दोमुखा, चेप्टी तथा इलामको कन्याम,पशुपतिनगर,श्री अन्तु लगायतका स्थानहरुमा छायांकन गरिने कुरा निर्देशक गजेन्द्र पृथक ले जानकारी दिएका छन् ।
झापाको बिर्तामोडमा निर्माणाधीन अबस्थामा रहेको प्रदेश न.१ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण सहयोगार्थ श्रोत संकलन गर्ने उद्देश्य का साथ प्रतिष्ठाका कलाकारहरुको आन्तरिक लगानीमा निर्माण भई रहेको चलचित्र करिव ५० लाखको लगानीमा निर्माण कार्य सम्पन्न हुने गरि छायांकन सुरु गरिएको प्रतिष्ठानकी केन्द्रीय संरक्षक तथा कलाकार माया सिटौलाले जानकारी दिए ।
प्रतिष्ठानका कलाकारहरुद्बारा यस अघि निर्मात टेलि श्रृङ्गखला बिहानी र कुरा अर्को छ नेपाल टेलिभिजन , सुरर्याेदय टेलिभिजन र हिमशिखर टेलिभिजन बाट अपार सफलताका साथ प्रसारण भइ सकेको र पछिल्लो समय निर्माण कार्यमा केन्द्रीकृत रहदा ओझेल परेको छायांकन क्षेत्रलाई निरन्तरता दिने उद्देश्य का साथ आजबाट आयु चलचित्र को प्रारम्भ गरिएको कुरा प्रतिष्ठानका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष माधब कल्पितले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here