कर्मचारी हकहित संरक्षण मञ्च अर्जुनधाराको अध्यक्षमा खवास

0
109
अर्जुनधारा ।
कर्मचारी हकहित संरक्षण मञ्च अर्जुनधाराको शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा चिरञ्जिवी खवास चयन भएका छन् ।
यस अघि तदर्थ समितिका अध्यक्ष रहेका खवास अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालको लागि पुनः अध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरी नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्र लिङदेन, उपाध्यक्षमा मुना सुवार निरौला, सचिवमा सौजन कटुवाल, सहसचिवमा त्रिविक्रम पोखरेल र कोषाध्यक्षमा मायाकुमारी ऐर चयन भएका छन् ।
त्यस्तै समितिका सदस्यहरुमा मीना अधिकारी, वासुदेव पौडेल र विनोद खनाल चयन भएका छन् । निर्वाचन समितिका संयोजक विपिन लम्सालका अनुसार १३ सदस्यीय कार्यसमितिको बाँकी चार जना सदस्य समितिको बैठकबाट मनोनित हुने विधानमा व्यवस्था रहेको बताइएको छ ।
सोही अधिवेशनले छविरमण पोखरेलको संयोजकत्वमा जानुका बस्नेत र प्रकाश पौडेल सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ । नवनिर्वाचित दुवै समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक लम्सालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
तदर्थ समितिका अध्यक्ष खवासको अध्यक्षतामा नगरपालिकाको सभाहलमा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडाध्यक्षद्वय सीताराम भट्टराई र सिद्धार्थ श्रेष्ठले नगरलाई सम्वृद्ध र नमुना नगर बनाउन कर्मचारीको प्रमुख भूमिका हुने हुँदा प्रभावकारी सेवा प्रवाहमा जोड दिएका थिए ।
समितिकी उपाध्यक्ष मायाकुमारी ऐरले मञ्चको औचित्य तथा वरिष्ठ उपाध्यक्ष लिङदेनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव सौजन कटुवालले गरेका थिए ।
कर्मचारीहरुको पेशागत हकहितको संरक्षणसँगै उनीहरुलाई जिम्मेवार बनाउने उद्देश्यले गत वर्ष स्थापना भएको मञ्चले कर्मचारी हित कोष स्थापनालगायतका कार्यहरु गर्ने नवनिर्वाचित अध्यक्ष खवासले प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here