मुम्बई आक्रमणका सहयोगीको पाकिस्तानी कारागारमा मृत्यु

0
67

काठमाण्डौं ।

सन् २००८ मा मुम्बईमा आतंकवादी आक्रमण गर्न वित्तीय एवं अन्य माध्यमबाट आतंकारीलाई सघाएका लस्कर-ए-तैयबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ । पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो । सोमबार दिउँसो हृदयाघातका कारण उनको मृत्यु भएको बताइएको छ ।

सन् २०१२ मा राष्ट्रसंघीय सुरक्षा परिषद्ले भुटावीलाई आतंकवादी घोषणा गरेको थियो । त्यसको केही वर्षपछि आतंकवादलाई प्रश्रय दिनका साथै आतंकवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए ।

सन् २०२० को अगस्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो । मंगलबार उनको लाहोरमा अन्त्येष्टि गरिएको लस्कर ए तैबाका सदस्य सार्वजनिक गरेको भिडियोमा दाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here