धरमपुरमा ट्रस पुलको उद्घाटन

0
70

कमल ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर १ धरमपुरमा निर्माणाधिन धरमपुर ट्रस पुलको आज उद्घाटन भएको छ ।

तत्कालिन धरमपुर गाविस ८ र ९ वडाको बीचमा पर्ने र हाल शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ मा पर्ने तेलिया खोलामा निर्माण सम्पन्न भएको धरमपुर ट्रस पुलको सोही वडामा वडा अध्यक्ष लक्ष्मि प्रसाद चेम्जुङ्गले रिविन काटेर पुलको उद्घाटन गर्नुभएको हो ।

फुलको निर्माणमा प्रदेश सरकार पुर्वाधार विकास कार्यालय बाट १३ लाख १४ हजार एघार रुपैया र जनश्रमदान र जिन्सि २२ लाख १० हजार १७ रुपैपा तथा समुदाय बाट जनश्रमदान ७१ लाख ९१८ रुपैया गरी जम्मा ३५ लाख ९५ हजार ९४८ रुपैयामा पुल निर्माण भएको हो ।

उद्घाटन गरिएको पुलको लम्वाई ३२ मिटर लम्बाई रहेको छ भने पुल निर्माण भएपछि ६२३ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । जनप्रतिनिधीलाई कामगर्नकालागी जनताको ठुलो सहयोगको आवश्यक पर्छ ।

काहाँ कुन खालको सहयोग आवश्यक पर्छ भन्ने सबै कुरा जनप्रतिनिधीलाई थाहा हुँदैन त्यसका लागी तपाईहरुलाई वडा काहाँ काहाँ के के आवश्यक छ हामिलाई जानकारी गराउनु होला हामी विकास निर्माण गर्न तयार र्छौ । तर, विकास निर्माण गर्नु मात्र ठुलो कुरा होईन भएका विकारण निर्माणलाई दिर्घकालिन रुपमा संरक्षण गर्नु महत्वपुर्ण कुरा भएकोले यो पुलको संरक्षण गर्ने जिम्मा पनि तपाईहरु स्थानिय वासीको महत्वपुण जिम्मेवारीमा पर्दछ । भएको शिवसताक्षी १ नम्वर वडा अध्यक्ष लक्ष्मी चेम्जुङ्गले बताउनुभयो ।

यस ठाउँमा पुल नभएका कारण याहाका स्थानिय बासीलाई धेरैठुलो समस्या भएको मैले देखेको छु । त्यसलाई पुरा गर्न गरेको मेरो प्रयास र तपाईहरुको सहयोगका कारण आज यो पुल निर्माण गर्न सफल भएका छौ ।

कुनै पनि योजना ल्याउन सजिलो छैन तर तपाई हामि सबै प्रयासमा जस्तुसुकै विकास निर्माण गर्न सकीने छ । यो पुल मात्र होईन वडामा मेरो प्रयासमा अन्य थुप्रै योजना बजेट आएको छ । जसका कारण गाउँविकासमा ठुलो फड्को मार्ने समाजसेवी दुर्गा नेम्वाङ्गले बताउनुभयो ।

भौतिक विकासले मात्र समाज परिवर्तन हुँदैन समाज परिवर्तनका लागी जनतामा चेतनाको विकास हुन आवश्यक छ । नत्र भने आफुले पाएको विकासलाई कसरी उपभोग गर्ने भन्ने जानकारी जनतामा नहुँदा जतिसुकै भोतिक संरचना निर्माण गरेपनि त्यो दिर्घकालिन नहुने लिम्बुवानका दिल बहादुर लिम्बुले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा राप्रपाका तर्फ बाट टिकाराम घिमिरे, माओवादीका चन्द्र कडेल लगायतले पुल निर्माणले यस ठाउँका स्थानिय वासीलाई वर्खाका समयमा आवत जावत गर्न ठुलो मद्दत पुग्ने बताउनुभयो ।

पुल निमाण उपभोक्ता समितीका अध्यक्ष सिंग बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमा उपस्थित अतिथी तथा सहभागीलाई पुल संरक्षण समितिका संयोजक चन्द्रविर नेम्वाङ्गले स्वागत गर्नु भएको थियो भने सदस्य देवका बास्तोलाले सन्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here