कोटीहोममा कार्यालय सचिव ढकालसहित २१ सम्मानित

0
88

सुरुङ्गा ।

कनकाईधाम धार्मिक विकास संस्था कनकाई¬–४ कोटीहोमको १६ औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनमा संस्थालाई सहयोग पु¥याउने डेढ दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ ।

समानित हुनेमा संस्थाका कार्यालय सचिव कृष्णप्रसाद ढकाल रहेका छन् । विगत १५ वर्षदेखि संस्थाको कार्यालय सचिवको भूमिकामा रही काम गरिरहेका ढकाललाई उत्कृष्ट कर्मचारीका रूपमा नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

त्यसरी नै, संस्थाको भौतिक तथा आध्यात्मिक क्षेत्रमा सहयोग पु¥याउने पण्डित ईश्वरकृष्ण महाराज, गोलोक गोबद्र्धन गौशाला सतासीधामका महन्त नन्दकिशोर भारद्वाज, पुण्यप्रसाद बाराकोटी, शान्ता बाराकोटी, अम्बिकादेवी खरेल, बलदेव चौधरी (विर्तामोड), डिल्लीराम मैनाली (बी एण्ड बी ट्रेडर्स विर्तामोड), डा. भम्पा राई (मरणोपरान्त), मोहम्मद इजराइल, राधेश्याम अग्रवाल, अत्रिगोत्रीय ठाडाराई अधिकारी सेवा समाज, गङ्गालाल गुरुङ, दुर्गाप्रसाद पराजुली, लाइनबहादुर थापा, पवित्रा बानियाँ, शारदा उप्रेती घिमिरे, इन्द्रकुमारी इजम लिम्बू, कमल लिम्बू, सृजना लिम्बू, सचिन लामा लगायतलाई दोसल्ला ओढाई फूलमाला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष नबलकिशोर दत्तले वार्षिक प्रतिवेदन, महासचिव डिल्लीराम बाराकोटीले साङ्गठानिक प्रतिवेदन, लेखा समिति संयोजक खड्गप्रसाद प्रसाईंले लेखा परीक्षण प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्रप्रसाद फुयाँलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष नबलकिशोर दत्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद एलपी साँवा लिम्बूले कोटीहोम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरी जनताको रोजगारी र समृद्धिसँग जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

समाजसेवीहरू हीराकुमार थापा, डा.पुण्यप्रसाद पौडेल, गोविन्दप्रसाद पौड्याल, वेदप्रकाश अग्रवाल, शेरबहादुर थापा, सुनिता सिग्देल (खरेल), चन्द्र मैनाली (भतिज), मान्ता खरेल, शम्भुप्रसाद पोखरेल, कृष्णप्रसाद घिमिरे लगायतको आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाल स्वतन्त्र पार्टीका कनकाई नगर अध्यक्ष नन्दकुमार चुडाल, आचार्य छन्दुराम भण्डारी, सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, गौतम समाजका अध्यक्ष निधिरमण गौतम लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव अम्बिकादेवी खरेलले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here