नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

0
64

काठमाण्डौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारिएको सो विधेयक वर्तमान मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए ।

अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले संविधानका धाराको दुरुपयोग गरेको दाबी गर्दै शुक्रबार रिट दायर गरेका हुन् । सो रिटमाथि आइतबारका लागि पेसी तोकिएको छ ।

राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेपछि सो विधेयक राजपत्रमा प्रकाशित भई ऐनको रुपमा आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here