तरकारी खेती सम्बन्धि तीन दिने तालिम

0
48

कमल ।

तरकारी खेती सम्बन्धि तीन दिने तालिम आज एक औपचारिक कार्यक्रका बीच सम्पन्न भएको छ ।

झापाको कमल गाउँपालिका ५ सिम्लेमा व्यावसायी खेती गर्दै आएका कृषकलाई लक्षित गरेर गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको मेची सामुदायिक सिकाई केन्द्रले सन्चालन गरेको तरकारी खेती सम्बन्धिको तालिम सम्पन्न भएको हो ।

तालिममा ३० जना महिलाको सहभागी रहेको थियो भने तालिमलाई कृषि प्राविधिक टंक कट्टेलले सहजिकरण गर्नु भएको थियो ।

केन्द्रका अध्यक्ष लैनबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, ५ नम्वर वडा सदस्य चुरुहाङ्ग लावती लगायतले मन्तवय राख्नु भएको थियो ।

सचिव दुर्गाप्रसाद नेपालले सन्चालन गर्नु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मात्रीका प्रसाद नेपालले शाब्दिक शाब्द द्वारा स्वगत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here