नयाँ उद्यमी बनाउन प्रगतिद्वारा उद्यमशिलता विकास तालिम

0
157
अर्जुनधारा ।
झापाको अर्जुनधारा–१०स्थित प्रगति महिला कृषक समूहको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा आइतबारदेखि चार दिने उद्यमशिलता विकास तालिम सुरु भएको छ ।
सीप सिकेका महिलाहरुलाई नयाँ उद्यमी बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको समूहकी अध्यक्ष गान्धारी मिश्रले जानकारी दिइन् ।
प्रशिक्षक एवम् उद्यमी सन्तोषकुमार श्रेष्ठले प्रशिक्षण दिने तालिममा ४० जना भन्दा बढी महिलाको सहभागीता रहेको छ । तालिममा कसरी उद्योग स्थापना गर्ने, बजारीकरणलगायतका विषयमा प्रशिक्षण दिइने प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।
स्थानीय ज्येष्ठ नागरिक सामुदायिक मिलन केन्द्रको सभाहलमा अध्यक्ष मिश्रको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि वडाध्यक्ष भूपेन्द्र न्यौपानेले उद्घाटन गरेका थिए ।
समूहकी सदस्य भूमिका काफ्लेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य सावित्राकुमारी बाँस्कोटाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here