वीरता लेडी जेसीजद्वारा सरसफाईसहित रुख विरुवाको गोडमेल

२२ जेष्ठ २०८०, सोमबार मा प्रकाशित

बिर्तामोड ।

विश्व वातावरण दिवसको अवसरमा वीरता लेडी जेसीजले बिर्तामोडमा सरसफाईसहित रुख विरुवाको गोडमेल गरेको छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ सोमबार यो दिवस मनाइएको छ ।

वीरता लेडी जेसीजको आयोजना तथा इलाका प्रहरी कार्यलय अनारमनीको सह–आयोजनामा मुक्तिचोकमा रहेको रुखबिरुवाको गोडमेल तथा संरक्षण गर्नुका साथै लेडी जेसीजको भवनमा वृक्षारोपण गरी मनाइएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले जानकाारी दिइन् ।

वीरता लेडी जेसीजको वातावरण विभागले आयोजना गरेको कार्यक्रममा इलाक प्रहरी अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशी ज्ञवाली, इलाम–झापाा मैत्री समाजकी अध्यक्ष तिलोतमा खत्री लगायतको आतिथ्य रहेको थियाो ।

वीरता लेडी जेसीजका आवद्ध महिला तथा जनपथ प्रहरी, ट्राफिक प्रहरीका साथै सर्वसाधाचरणले बिर्ताामोड क्षेत्रको सरसफाईका साथै विरुवा गोडमेल गरेका थिए । वीरता लेडी जेसीजकी अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here