इलाममा ब्राउन सुगरसहित तीन जना पक्राउ

२२ जेष्ठ २०८०, सोमबार मा प्रकाशित

सुनिता राई,
इलाम।

इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ । मेची राजमार्गको इलामकोसूर्योदय नगरपालिका –८ को छिपिटारबाट १९ ग्राम ब्राउन सुगर र एक थान मोटर साइकलसहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालिका –९ गोलबस्ती बस्ने २७ वर्षका रोशन खवास, फाकफोकथुम गाउँपालिका –१ बस्ने २५ बर्षका बिमल लिम्बू रसन्दकपुर गाउँपालिका –४ माबु बस्ने २७ बर्षीय निशान गुरुङ रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईलेजानकारी दिनुभयो ।

पक्राउ पर्नेको साथबाट प्र.–१–०२–०४१ प ३४१७ नम्बरको बुलेट बाइक र १९ ग्राम अर्थात ३३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीलेजनाएको छ । झापाबाट इलाम आउँदैगरेको अवस्थामा उनीहरुको खानतलासी गर्दा सो सामग्री पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेको साथबाट प्रतिबन्धित नित्राजेपम १० एमजीका २६ वटा क्याप्सुल, नभ्यकट चुरोटको छ वटा बट्टा, लाइटर, तीन थानमोवाइललगायतका सामग्री समेत पक्राउ गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका माथि थप अनुसन्धानभैरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here