पथरीशनिश्चरेका फुटवल खेलाडीहरुलाई खेल सामाग्री सहयोग जुट्दै

0
154

पथरीशनिश्चरे,

भारतीय गोर्खा सेनामा कार्यरत मनकाजी गुरुङले पथरीशनिश्चरे नगरका फुटवल खेलाडीहरुलाई खेल सामाग्री सहयोग गर्नु भएको छ ।

पथरी शनिश्चरेमा १ निवासी खेलकुदप्रेमी गुरुङले खेल सामाग्रीको अभावमा प्रशिक्षण गरी रहेका ३५ खेलाडीहरुलाई रु २० हजार बराबरको खेल सामाग्री र फुटबल सहयोग गर्नुभएको हो ।भारतीय आर्मीमा रहेका गुरुङले छुट्टिमा आएको समय पारेर सहयोग गरेका हुन्।

नगरपालिका वडा नं. १ स्थित पञ्चायत मावि खेल मैदानमा हरेक दिन ३५ भन्दा बढि बालबालिकाहरुले फुटवल ट्रेनिङ गर्दै आएका छन् । खेल सामाग्रीको अभावमा सिकिरहेका सा-साना खेलाडीहरुले अब खेल सामाग्रीका साथ ट्रेनिङ गर्न पाउने भएका छन् ।

केहि समय अगाडिबाट हनुमान युनाईटेड फुटबल क्लवका खेलाडी रविन राईले पनि ३५ जना बालबालिकालाई निशुल्क फुटबल ट्रेनिङ गराई रहेका छन् । उनले खेलाडीलाई खेल समाग्रीको अभावमा ट्रेनिङ गराई रहेका थिए । खेलाडी राईले सामाजिक संजालमा खेल सामाग्री अभावमा फुटवल खेल्दै गरेका बालबालिकाका लागि सहयोगको अपेक्षा समेत गरेका थिए ।

खेल सिकाई रहदाँ अफ्ठ्यारो भएको गुनासो पश्चात यतिबेला सहयोगी हातहरु बढ्न थालेको छ । हरेक विहान खेलको तयारी गराईरहेका राईको अपिलका कारण स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रवर्दन गर्ने उदेश्यले सहयोग गरेको गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here