रामकुमार अछामी स्मृति अक्षयकोषबाट सम्मान एवम् पुरस्कार वितरण

0
132
अर्जुनधारा, रामकुमार अछामी स्मृति अक्षयकोष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन अर्जुनधाराको आयोजनामा शुक्रबार शिक्षक, कर्मचारी तथा विद्यार्थी सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अर्जुनधारा–४स्थित अर्जुनधारा माध्यमिक विद्यालयको सभाहलमा अक्षयकोषका अध्यक्ष केदारनाथ पोखरेलेको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रवक्ता भूपेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आधारभूततर्फको वर्ष शिक्षकबाट अर्जुनधारा–११स्थित जुनकेरी आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, माध्यमिकतर्फको वर्ष शिक्षकबाट अर्जुनधारा–१स्थित सिंहदेवी माध्यमिक विद्यालयका शिक्षक भेषराज खनाल र बाल विकास केन्द्रतर्फको वर्ष बाल शिक्षकबाट अर्जुनधारा–६स्थित लक्ष्मी बाल विकास केन्द्र ‘ख’की बाल शिक्षक खड्गकुमारी ढकाल भट्टलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।
त्यसैगरी सामुदायिक विद्यालयतर्फ कक्षा–१२का नगर उत्कृष्ट विद्यार्थी अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयकी गीता तिम्सिना, कक्षा–८का नगर उत्कृष्ट छात्र अर्जुनधारा–१स्थित गणेश आधारभूत विद्यालयका निश्चल सुवेदी र छात्रा अर्जुनधारा–५स्थित भानु माध्यमिक विद्यालयकी निर्जला निरौलालाई प्रशंसा पत्रसहित नगद पुरस्कार जनही तीन हजारबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, निवर्तमान कार्यपालिका सदस्य लोकनाथ गौतम, नगर शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी, सम्मानित व्यक्तित्व परियार, रामकुमार अछामीका छोरा विशेष अछामीलगायतले रामकुमार अछामीको योगदानको चर्चा गरेका थिए ।
अक्षयकोषकी सदस्य देउमाया दाहालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव दीपक भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here