बिर्तामोडमा  यामाहाको रे जेडआर १२५ हाइब्रिड 

0
99
झापा,   यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ ।
आज एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा रहेको यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकमा सो स्कुटर सार्वजनिक भएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद बस्नेत, एमएडब्ल्यु यामाहाका क्षेत्रीय बिक्री प्रबन्धक कुन्दन भण्डारीले संयुक्त रुपमा हाइब्रिड स्कुटर सार्वजनिक गरेका हुन् ।
विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिडमा स्टान्डर्ड, डिलक्स र प्रिमियम÷प्रिमियम प्लस गरी चार ट्रिमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड एफइ १२५ सिसी ब्लु कोर इन्जिन छ ।
‘साइलेन्ट स्टार्टरको रूपमा पनि चिनिने यो उन्नत प्रणाली सहरको सवारी अवस्थाहरूमा जिप्पियर प्रदर्शन र इन्धन दक्षतालाई मद्दत गर्न इलेक्ट्रिक मोटरको रूपमा दोब्बर हुन्छ’, सञ्चालक बस्नेतले भने ।
रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मानकको रूपमा एलइडी हेडल्याम्पले सुसज्जित रहेको जनाइएको छ । जसका कारण सवारी चालकहरूको लागि अधिकतम भिजिबलिटी र सुविधा सुनिश्चित गर्दछ ।
कार्यक्रममा अर्जुनधारा–३ कि चन्द्रकला खड्कालाई पहिलो ग्राहकको रुपमा चाबी हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here