पशुपालन व्यवसाय तालिम सम्पन्न

0
63

झापा, पशुपालन व्यवसायमा आवद्व रहेका कृषकहरुको लागि बिर्तामोडमा आयोजित तालिम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका ३ वटा तालिम आज सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाई पालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको थियो । गाई, बाख्रा पालन सम्बन्धि एक एक दिन र पशु आहार व्यवस्थापन सम्बन्धि दुई दिन तालिम सञ्चालन गरीएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिनु भयो ।

तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेका कुरालाई वेवास्था नगरी हुवहु कार्यान्वयन गर्न सहभागीलाई आग्रह गर्नु भयो । आधुनिक तवरले पशुपालन व्यवसाय सञ्चालन गर्नु पर्ने भन्दै उहाँले यस तालिममा छुटेकाहरुलाई आगामी कार्यक्रममा सहभागी गराउने बताउनु भयो ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका जिन्सि शाखा प्रमुख मेघराज वाँस्तोला र पशु विज्ञ तथा तालिम प्रशिक्षक डाक्टर कमलेश्वर भाटले सहभागिहरुले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनु भयो ।

तालिममा सहभागीहरुको तर्फबाट बोल्दै वडा नम्बर ७ का कृषक सागर ढकालले नगरपालिकाले प्रदान गरेको यस तालिमबाट धेरै कुराको ज्ञान लिएको बताउनु भयो । उहाँले आफुले सिकेको सिप तालिममा सहभागी नभएकाहरुलाई पनि सिकाउने प्रतिवद्वता व्यक्त गर्नु भयो । कृषक ढकालले पशुपंछि तथा दुधमा बिर्तामोडलाई आत्मनिर्भर बनाउन सहकार्य गरेर अघि बढ्ने समेत बताउनु भयो ।
बिर्तामोड नगरपालिकाले व्यवसायिक रुपमा कृषि तथा पशु पालन गर्दै आएका कृषकहरुको लागि विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here