मायादेवी पार्कको प्रवेशद्वारको अनुगमन

0
67

पथरी शनिश्चरे,
प्रदेश सरकारका पर्यटन,वन तथा वातावरण मन्त्रालयद्वारा पथरीशनिश्चरे ०७ मा निर्माण भैरहेको मायादेवी पार्कको मुल गेटको अनुगमन भएको छ।
आज शुक्रबार प्रदेश सरकारका पर्यटन,वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि एवं ईन्जिनियर रोशन राज जोशीले हाल निर्माणाधीन मायादेवी पार्कको अनुगमन सहित आवश्यक सुझाव दिनुभएको हो।
उहाँले निर्माण कार्य सन्तोष जनक रहेको जनाउनु हुँदै संचालक समितिले आगामी दिनहरुमा गर्नुपर्ने आवश्यक प्रक्रियाहरू सुझाउनु भएको थियो।
आर्थिक वर्ष २०७९र०८० को लागि प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट २५ लाख बराबरको बजेट तथा स्थानीय उपभोक्ताहरूमार्फत ४ लाख ५० हजार २१८ रूपैयाँ गरी कुल २८ लाख रुपैयाँ बराबरको बजेट प्राप्त भई उक्त प्रवेशद्वार निर्माण भैरहेको समितिका अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले जानकारी दिनुभयो। सो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने संझौता म्याद पनि आउँदो ३० गते पुरा हुँदैछ।
उक्त अवसरमा मायादेवी पार्कको संचालक समितिका उपाध्यक्ष ओम राई सदस्यहरु क्रमशः कृष्णा कुमारी गुरूङ , छविराज ढकाल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here