समपुरक अनुदान मार्फत झापा सहित कोशीका सात सडकको स्तरोन्नति

0
104

सुरेन्द्र भण्डारी
झापा,  झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगलबैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि १९ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ ।
समपुरक अनुदान तर्फ कोशी प्रदेश सरकार मार्फत निर्माण गरिने सडकका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले सडकको स्तरोन्नतिका लागि सो रकम बिनियोजन गरेको हो । क्रमागत योजनामा राखेर आर्थिक वर्ष २०८०÷२०८१ मा सो सडकलाई स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ । सडक दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
नालासहित ५० फुट चौडाइ रहने सडकको स्तरोन्नतिका लागि यस अघि तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलन्यास गर्नु भएको थियो । दुई चरणमा निर्माण गरिने सडकको अहिले स्तरोन्नति कार्य जारी छ ।
पहिलो खण्ड झण्डै ८ किलो मिटरको सडकको स्तरोन्नति भएको छ । जुन सडकको स्तरोन्नति कनकाई आशिष जेभी र दोस्रो खण्ड १८ किलोमिटर सडकको स्तरोन्नतिका लागि तुँदी– रोशन – मैनाचुली जेभीले तीन वर्ष भित्रमा काम सक्ने गरी सम्झौता गरेको थियो ।
झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण सम्मन्न भएसंगै कुमरखोद नाका हुँदै भारतीय वजार दिघल वैंकसम्मको आवागमन सहज हुने विश्वास गरिएको छ ।
यता प्रदेश सरकार मातहत अन्तरगत भद्रपुर – ज्यामिरगढी , धुलावारी, गुर्जावस्ती, मागुरमाडी, शान्तिनगर– इरौटार सडकको स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
कोशी प्रदेश अन्तरगत निर्माण सम्पन्न हुने सात आयोजना मध्ये दुई वटा आयोजना झापाका हुन् । अन्य पाँच आयोजना धनकुट्टा र भोजपुरमा दुई÷ दुई वटा रहेका छन् भने इलाममा एउटा आयोजना रहेको छ ।
भोजपुरमा सञ्चालन हुने आयोजना मध्ये मैनामैनी हसनपुर चुहार सडक – उदयपुरको स्तरोन्नतिका लागि १२ करोड र षडानन्द १२ तुर्केपुल झ्याउपोखरी साङपाङ हुँदै फालिदोबाटो सडकको स्तरोन्नतिका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
यता धनकुट्टामा सञ्चालन हुने आयोजनामा हिले उत्तरपानी छिन्ताङ अदुवा त्रिवेणी सडकको स्तरोन्नतिका लागि १२ करोड र धनकुट्टा नगरपालिकाको विहीवारे हटिया कर्मीटार बञ्चरे ताङ्वुवा तेलिया परेवादिन शुत्रलवारे तेह्रथुम सडकको स्तरोन्तिका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here