लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

0
99

अर्जुनधारा, “लागूऔषध बाट टाढा बसौं” भन्ने मुख्य नारासहित अर्जुनधारा–१स्थित युवा समितिको आयोजनामा लागूऔषध दुव्र्यसन सम्बन्धी एक दिने सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
अर्जुनधारा–१ नं. वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा समितिका अध्यक्ष तीवेन्द्र काफ्लेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र बस्नेतले उद्घाटन गरेका थिए ।
सहजकर्ताद्वय मानवअधिकारकर्मी दीपक दास र अर्जुन लिम्बूले सहजिकरण गरेको कार्यक्रममा २५ जना बढीको सहभागीता रहेको समितिका अध्यक्ष काफ्लेले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी खुदुनावारी उपशाखाका सभापति मुकुन्द भण्डारी, अर्जुनधारा उपशाखाका सचिव कमल पोखरेललगायतले लागूऔषधको असर र न्यूनिकरणका विषयमा धारणा व्यक्त गरेका थिए ।
समितिका उपाध्यक्ष राम खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव यूकेश फँयेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here