२९ जनाको मोतिया बिन्दुको अपरेशन गरिने

0
87

 

विमल दहाल, माई

इलामको माई नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाद्वारा आयोजित एक दिने निशुल्क शिविरमा ३ सय ४२ जनाले सेवा लिएका छन।

दृष्टि जोगाऔ,अन्धोपन घटाऔ” भन्ने मुलनाराका साथ आँखा अस्पतालको पहुँचमा नरहेका आँखा रोगीहरुलाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजना, सानिमा माई हाइड्रोपावर माईको प्रायोजन, मेची नेत्रालय काकडभिट्टा झापा र रिडिङ ग्लास वितरण सहयोग हेल्पिङ ह्याण्डस सामुदायिक अस्पताल चावहिल काठमाडौको प्राबिधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको रेडक्रस सभापति मित्र प्रसाद गौतमले जानकारी दिनुभयो ।

दानाबारी सितली रेडक्रस भबनमा सम्पन्न शिविरबाट आँखा रोगीको चेकजाँच गरिएकोमा स्कृनबाट मोतिया बिन्दुको अपरेसन २९ जनाको गर्नु पर्ने गरि सिफारिस गरिएको रेडक्रस पुर्ब सभापति कृष्ण खाकीले बताउनुभयो। खाकीका अनुसार अपरेसन गर्नुपर्ने बिरामीहरुलाई दुई समुह बनाई आगामी बिहिबार र शुक्रबार मेची नेत्रालय काँकरभिट्टा झापामा यातायात र खाना खर्च सहित लगिने बताउनु भएको छ।

प्राविधिक टोलीमा नेत्र अधिकृत एवम नेतृत्वकर्ता डा.योगेन्द्र राउत, दृष्टि विशेषज्ञ डा. अनिल चौधरी, नेत्र सहायकद्वय सनम थापा र जया श्रेष्ठले विशेषज्ञ सेवा प्रदान गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण रेडक्रस उपशाखा पुर्व सभापती खाकी, सभापती गौतम, सचिव हरिप्रसाद गुरागाई,रक्तसञ्चार संयोजक शिव भण्डारी, महिला बिभाग संयोजक उर्बशी पराजुली(गौतम),पदाधिकारीहरु सेतु तामाङ, नेत्र भट्टराई, इश्वरी पराजुली, सानीमा हाइड्रोपावरका वातावरण अधिकृत देवराज गुरागाई, दलबहादुर मगर, ज्ञानु एक्तेन लगायतले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here