पथरी शनिश्चरे ३ द्वारा सार्वजनिक सुनुवाई

0
99

पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे वडा नं ३ मा वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
आज शनिबार वडा कार्यालयले पिपलचोकमा आयोजना गरेको कार्यक्रममा स्थानीय जनताले वडाले संचालन गरेका विभिन्न कार्यक्रम तथा परियोजनाहरू बारेमा सवाल जवाफ मागेका थिए।
उक्त अवसरमा वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९र०८० मा संचालन गरेका विभिन्न नीति तथा कार्यक्रमहरूबारेको प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी योजनाबारे स्थानीयले जिज्ञासा राखेका थिए।
वडावासीहरूले सोधेका प्रश्नहरु तथा सवालहरूमा वडाध्यक्ष विजय लिम्बुले प्रष्टयाउनु भएको थियो।
कार्यक्रममा वडा सदस्यहरू क्रमशः खड्ग प्रकाश पराजुली, चन्द्र प्रकाश चेम्जोङ,धन केशरी अधिकारी ुसीताु, संझना नेपाली,पुर्व वडाध्यक्ष डम्बर बहादुर चेम्जोङ, स्थानीय बुद्धिजीवी एवं समाजसेवी, सर्वसाधारण लगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here