नगरअस्पताल मार्गमा अझै भएन कालोपत्रे

0
49

छविराज ढकाल
पथरी शनिश्चरे,
पथरी शनिश्चरे ०२ को शान्ति चोकदेखि नगर अस्पताल सम्मको सडकमा अझैसम्म पनि कालोपत्रे नहुँदा अस्पताल आवात जावतमा समस्या भएको छ।
गत २०८०बैशाख २० गते भित्रमा काम सम्पन्न गर्ने शर्त राखेर संझौता गर्ने नगरपालिका र ठेकेदार कम्पनीले ढिलासुस्ती गरेपछि ुपिचु गर्न ढिलाई भएकाले विमारीलाई सास्ती भएको हो।
इलामको देविडांडा निर्माण सेवा प्रालिले ठेक्का लिएको यो सडक खण्डको कालोपत्रे गर्ने काममा किन ढिलासुस्ती भैरहेको भन्दै स्थानीयले प्रश्न गर्न थालेका छन्।
हतार हतारमा असारे विकास गरी बजेट सिध्याउने प्रवृत्तिका कारण पछिल्लो समय पथरीशनिश्चरे नगरपालिका क्षेत्रभित्रका विभिन्न सडक आयोजना पुरा भएका छैनन्।जसका कारण बटुवा, हल्का (साना सवारीसाधन चालक, स्थानीय जनताले धुलो उडेर सास्ती बेहोर्नु परिरहेको गुनासो गरेका छन् भने आकस्मिक सेवाका एम्वुलेन्स लगायतका सवारीसाधन आवात जावतमा समेत कठिनाइ भैरहेको उनीहरुको भनाइ छ ।
सडकको दुवै तर्फ ढलको नाली सहित कालोपत्रे गर्नुपर्ने मुख्य कामहरू गर्ने गरी पथरी शनिश्चरे नगरपालिकाको कार्यालयले ईलाम ७ को देविडाडा निर्माण सेवा प्रालिसित ईजीपीरएनसीबी ठेक्का सम्झौता गरेको थियो। सो कार्यका लागि उक्त निर्माण सेवा कम्पनीले एक करोड ५१ लाख ८९हजार १३८र( ९भ्याट बाहेक०सम्झौता पत्रमा हस्ताक्षर गरेका गरेको थियो। सम्झौता अनुसार २०८०बैशाख २१ गते सम्पन्न गर्नुपर्ने थियो। यस सडकमा पर्ने दुई वटा कल्भर्टहरू भने नगरपालिकाको कार्यालयले आगामी आर्थिक वर्ष ०८०र०८१ मा भुक्तानी गर्ने शर्तमा निर्माण कार्य सम्पन्न भएको जनाईएको छ।
यसैगरी, चालु आर्थिक वर्ष २०७९र०८० का लागि वडा नं ४,५, ६ र ८ जोड्ने शनिश्चरे ( दोहलु शुक्रबारे सडक खण्डको पनि कालोपत्रे गर्ने काम अझै सम्म सम्पन्न नभएको स्थानीय युवा पुण्य प्रसाद दहालले बताउनुभयो ।
त्यस्तै, देउराली चोकदेखि अरबे चोक हुँदै शुक्रबारे जाने मार्ग, रजत जयन्ती मार्ग, आदि सडकको कालोपत्रे गर्न बजेट विनियोजन भए पनि सम्पन्न हुन सकेको छैन।यसतर्फ स्थानीय सरकारका जनप्रतिनिधिहरूले चाडै ध्यान पुर्याउने हो कि१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here