फरार प्रतिबादी पक्राउ

0
39

बिराटनगर,

कोशी प्रदेश प्रहरी  कार्यालय बिराटनगबाट खटिएको प्रहरी टोलीले छुट्टा छुट्टै मुद्दाका पाँच जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।

वन पैदावर मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८्र०५्र१६ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना १० दिन कैद बेरुजु रही फरार रहेका धरान उप-महानगरपालिका(१९ सुनसरीका ४० बर्षीय मिलन राई र ५० बर्षीय भिम प्रताप तामाङ, ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७४्र०७्र२९ गतेको सजाय निर्धारण फैसला आदेशले ४ बर्ष कैद भई फरार रहेका धरान उप-महानगरपालिका(१५ का ४० बर्षीय मणि प्रसाद लिम्बुलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बहु(विवाह मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९्र१२्र०८ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना २ दिन कैद र ५ हजार रुपैया जरिवाना भएका बिराटनगर महानगरपालिका(११ का ४६ बर्षीय बिर्जु भन्ने बिरजु पासवान, ११ महिना १४ दिन कैद र ५ हजार रुपैया जरिवाना रहि फरार रहेका ३८ बर्षीय अनिता पासवानलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई कैद भुक्तानको लागि कारागार पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here