ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

0
30

मोरङ,

मोरङको कटहरी गाउँपालिका-२ स्थित सडक खण्डमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश १.०२.००१ ख ८४३९ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्री इलाम तिल्केनीका २१ बर्षीय सुशिल पौडेललाई ठक्कर दिँदा घाईते भएका पौडेलको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक सप्तरी खडक नगरपालिका.११ का ४० बर्षीय सुरज लाल चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here