दुर्गम क्षेत्र माटे र सातकटेरीमा परजीवी नियन्त्रण कार्यक्रम सम्पन्न

0
77

अर्जुनधारा,सुगम पालिकाको दुर्गम क्षेत्रको रुपमा परिचित झापाको अर्जुनधारा–१स्थित माटे र सातकटेरी क्षेत्रका पशुपन्छीपालक कृषकहरुलाई लक्षित गरि वडा कार्यालयको आयोजनामा आइतबार परजीवी नियन्त्रण कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलो अभियानमार्फत् दुर्गम भेगमा रहेका कृषकहरुको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा उनीहरुलाई निःशुल्क औषधी वितरण गरिएको नगर पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
वडा सदस्य मदन लिमेल मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय कृषक तीलमान दर्जीलाई नाम्लेको औषधी वितरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा अर्का वडा सदस्य इन्द्रकुमारी विश्वकर्मा, स्थानीय अगुवा योगराज राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शाखाका अनुसार कार्यक्रममार्फत् दुवै क्षेत्रका ६९ जना कृषकलाई किर्ना, जुका र नाम्लेको औषधी वितरण गरिएको छ । जसमा एक सय ५० वटा गाई, ३० वटा भैंसी, पाँच सय वटा बाख्रा, एक सय वटा बंगुर, दुई सय वटा कुखुरा र ३० वटा हाँस रहेका छन् ।
पशुपालक कृषकहरुको लागि उपयुक्त क्षेत्र रहेको त्यस क्षेत्रमा शाखाले आगामी दिनमा कृषकहरुको समूह गठन गरि विभिन्न गतिविधि सञ्चालन गर्ने लक्ष्य शाखाले लिएको छ । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here