पथरी शनिश्चरे-०२ मा सिलाई मेसिन मर्मत तालिमको समापन

0
94

पथरी शनिश्चरे,
पथरीशनिश्चरे नगरपालिका वडा नं। २ मा सिलाई कटाई र ब्यागका उद्यमीहरुका लागि सिलाई मेसिन मर्मत तालिमको समापन कार्यक्रम भएको छ ।
आज आइतबार पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजना गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम गरिएको हो ।
७ दिनसम्म सञ्चालन भएको तालिममा वडा नं। ८, ९, ४,२, ३ र १ का पुराना उद्यमीहरुको सहभागिता रहेको थियो । वडा नं। २ को महिला सञ्जालको भवनमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नगरका उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो । उहाँले भन्नुभयो–‘हामीले मेसिन चलाउन जानेर मात्र भएन यदि बिग्रिएमा मर्मत् गर्नुसक्नुपर्छ । सोही कारणले हामीले यो तालिम आयोजना गरेका हौं, तपाईहरुले तालिमबाट उपलब्धि हासिल गर्नुभयो भन्ने कुरामा विश्वस्त छु ।’
तालिममा मखमली लघु उद्यम समूहका अध्यक्ष ज्ञानुमाया राई, कार्यपालिका सदस्य अन्जना दर्जी, लघु उद्यम विकास शाखा प्रमुख सपना कार्की र प्रशिक्षक आविष्कार बस्नेत लगायतको मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here