मेचीनगरलाई लागूऔषध प्रयोगमुक्त बनाइने

0
54

मेचीनगर ।

दुव्र्यसन बिरुद्धको अभियान सञ्चालन गरिरहेको गैरसरकारी संस्था नार्काेनन् नेपालका प्रमुख बसन्तराज कुँवरले रक्सी ८ हजार बर्षअघि बनाइएको औषधि हो भन्दै तर हाम्रो समाजले रक्सीको गलत प्रयोग गरेपछि दुव्र्यसनको लत शुरु भएको बताएका छन् ।

बिरामीको अप्रेसन गर्न डाक्टरले प्रयोग गर्ने औषधि किन खाँदैछौं, यसबारे सबै सचेत हुनुपर्ने उनको धारणा छ । रक्सी मानिसलाई मुर्ख बनाउन दिने गरेको उनको भनाइ छ । झापाको मेचीनगर नगरपालिकालाई निकट भविष्यमा लागूऔषध प्रयोगमुक्त नगरपालिका बनाउने उद्देश्यका साथ आयोजित ‘प्रारम्भिक प्रशिक्षण कार्यक्रम’ को प्रमुख प्रशिक्षकका रुपमा बोल्दै कँुवरले घरमा आउने पाहुनाको स्वागतमा मदिराजन्य पदार्थ अर्थात् रक्सी दिने चलन, बिहेमा आउने पाहुनालाई ‘ड्रिंक’ खाऔं भन्दै रक्सी खान प्रेरित गर्ने चलनको अन्त्य गर्दै सत्कारको व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए ।

त्यसो गर्न सकिएन भने घर दुव्र्यसनले जलाउने उनले दावी गरे । सत्कारको शैली परिवर्तन गरे मात्रै पनि दुव्र्यसनीमा कमी आउने उनको तर्क छ । लागूपदार्थको दुव्र्यसनी भएपछि चोरी, डकैती, हत्या जस्ता आपराधिक क्रियाकलाप मात्र नभएर मध्यम वर्गीयदेखि विश्वमा ठूल्ठूला राजामहाराजाका घर समेत सकिएको उदाहरण उनले प्रस्तुत गरे ।

‘लागूऔषधि नभई बाँच्नै नसक्ने भए पछि पैसाका लागि मानिस जे पनि गर्छन्– नार्काेनन् नेपालका प्रमुख कुँवरले भने । लागूऔषध दुव्र्यसनीको बिरुद्धको अभियानमा लागेका पूर्व प्रहरी नायव महानिरीक्षक कुँवरले २० प्रतिशत घटना मात्रै प्रहरीले रोक्न सक्ने भन्दै उनले बाँकी ८० प्रतिशत घटनाको समाधान सर्वसाधारणले गर्नुपर्ने बताए ।

लागूऔषध दुव्र्यसनी राष्ट्रको ठूलो समस्या भएको र त्यसको अन्त्य पूर्वी किनारबाटै मेचीनगर नगरपालिका र नार्कोनन् नेपालको संयुक्त पहलमा गर्ने मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले स्पष्ट पारे । विकराल समस्याको रुपमा देखिएको लागूऔषधको समस्या समाधानमा सवै संयन्त्र लाग्नुपर्नेमा उनको जोड थियो । युवा जनशक्ति लागूऔषध दुव्र्यसनमा फस्नु राज्यको जनशक्ति खेर जानु सरह भएकाले दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

खुला सीमानाका कारण प्रहरी प्रशासनलाई समेत छलेर लागूऔषध सहजै रुपमा भित्रिने गरेको छ । यसमा बालबालिकालाई समेत प्रयोग गरिएको पाइन्छ । सम्बन्धित निकाय र स्थानीय तहहरुले यो समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा मेचीनगर नगरपालिकाले सक्रियता देखाएको हो ।

तर, नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुने कुँवरको भनाइ छ । जनप्रतिनिधि, कर्मचारी, बिषयगत समिति, नगरभित्र रहेका सबै शैक्षिक संस्थाहरु, स्थानीय प्रशासन, आमा समूह, सामाजिक संघ–संस्थाका प्रतिनिधिले लागूऔषधको अन्त्यका लागि एकठाउँमा लाग्ने हो भने सम्भव रहेको उनको भनाइ छ । नखाएकालाई खान नदिने, खाएकालाई चिन्ने, चिनेकालाई उपचार गर्ने, उपचारबाट फेरि खान नदिने, सम्मानित जीवनयापनका लागि व्यवस्थापन गर्ने यी चार कुरा गर्न सके यो समस्या हल हुने उनको तर्क छ ।

प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले पछिल्लो समय लागूऔषको समस्या विकराल बन्दै गएको र ओसारपसारमात्र नभएर सेवनकर्ताकै संख्या बढ्ेको भन्दै चिन्ता व्यक्त गरे ।

नेपालको भारतीय बजारमा सहजरुपमा पाइने भएकाले आज सामान्यदेखि उच्च घरानाका सदस्यहरु समेत यसमा फसेको उनको भनाइ छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here