महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्यूटीसियन तालिम

0
100

अर्जुनधारा ।

महिलाहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले झापाको अर्जुनधारा–१ नं. वडा कार्यालयको आयोजनामा आयोजित एक महिने ब्यूटीसियन तालिम सम्पन्न भएको छ ।

गत वैशाख २९ देखि जेठ २९ गतेसम्म सञ्चालन भएको उक्त तालिम चालु आर्थिक वर्ष ०७९÷०८०को वडास्तरिय योजनाको उद्यमशिल तालिम तथा महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत आयोजना गरिएको वडासचिव एवम् तालिम संयोजक मञ्जु भट्टराईले बताइन् ।

स्थानीय सयपत्री युवा समूहको सभाहलमा वडाध्यक्ष उपेन्द्र बस्नेतको अध्यक्षता र नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रशिक्षकद्वय तेजकुमारी खत्री र रीना शिवाकोटीले प्रशिक्षण दिएको तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । सहभागीहरुलाई सीटीभीटीको पाठ्यक्रम अनुसार लेबल एक अन्र्तगत आधारभूत तहको प्रशिक्षण दिइएको प्रशिक्षक खत्रीले जानकारी दिइन् ।

प्रशिक्षार्थी सिर्जना अधिकारी खड्काले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा वडा सदस्य मदनकुमार लिमेल मगर, निवर्तमान वडा सदस्य तुलसा पोखरेल, प्रशिक्षक खत्रीलगायतले मन्तव्य राखेका थिए ।

अर्का वडा सदस्य मुना खत्रीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here