स्वास्थ्यकर्मीलाई कुष्ठरोग रोकथाम र पहिचानमा लाग्न आग्रह

0
98

विमल दहाल, इलाम ।

कुष्ठरोग सम्बन्धी सरोकारवालाहरुसंग एक दिने अन्तरकृया माई नगरपालिका इलाममा सम्पन्न भएको छ ।

कार्यक्रममा सरोकारवालाले स्वास्थ्यकर्मीलाई कुष्ठरोग रोकथाम र पहिचानमा लाग्न आग्रह गरेका छन्। स्वास्थ्य कार्यालय इलामको आयोजनामा कुष्ठरोगबारे अन्तरकृया कार्यक्रमका सन्दर्भमा कुष्ठरोगको तथ्य र भ्रमका वारेमा जानकारी, नेपालमा कुष्ठरोगको अबस्था, राष्ट्रिय लक्ष्य बारे जानकारी, सरोकारवालाको भुमिका वारेमा छलफल लगायतका उदेश्य माथी अन्तकृया भएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले क्षमता विकास तालिमले व्यक्तिमा सक्षमता वढाउने भन्दै हरेक कार्यको विकासका लागि क्षमता विकास तालिमको अावश्यक्तामा जोड दिनुभयो। वहाँले कुष्ठरोग सम्बन्धी चेतनामुलक कार्यक्रम समुदाय तह सम्म पुर्याउने कार्यक्रम तय गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। वडा नम्बर-३ का वडाध्यक्ष देवकुमार तामाङले कुष्ठरोग रोकथाम र नियन्त्रणमा राज्यको भुमिका महत्वपुर्ण रहने जानकारी दिनुभयो ।

अन्तरकृया कार्यक्रममा श्वासप्रश्वासवाट कुष्ठरोग सर्ने भन्दै शरिरमा फुस्रो दागहरू देखिएमा स्वास्थ्य संस्थामा गई देखाउन सबैमा आग्रह गरिएको थियो। मानिसमा ९५ प्रतिशत मानिसमा रोग संग लड्ने क्षमता रहने भएकाले, कम सर्ने रोगका रुपमा कुष्ठरोगलाई लिईने बताईएको छ।

कुष्ठरोगको संक्रमण असर भएको २ देखि ५ बर्षपछि मात्र देखिने भएकाले छालामा स्पर्स शक्ति हराएका नचिलाउने रातो तथा फुस्रो दाग देखा परेमा, हात खुट्टा झमझमाएमा वा कमजोर हुँदै गएमा, कानको लोती, अनुहारको छाला बाक्लो र चम्किलो हुदै गएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको थियो।

वडाध्यक्षहरु राम बहादुर राई, देवकुमार तामाङ, भुपाल पुर्बछाने, बुद्धि प्रसाद खनाल, अमृत मोक्तान र गणेश राई, शिक्षा अधिकृत सिता लावती, माई नगरपालिका अधिकृतहरु लक्ष्मण भुर्तेल, हिमाल मिश्र, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया गरीएको हो ।

माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माको अध्यक्षता, उपप्रमुख हिमा भण्डारी प्रमुख आथित्य, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलको सन्चालन, डाक्टर शम्भु खर्गा र डाक्टर गौतम झाको सहजीकरणमा सम्पन्न अन्तकृयामा कार्यक्रमको औचित्य माथि स्वास्थ्य कार्यालय इलामका ल्याब टेक्निसियन युवनाथ बरालले प्रष्ट पार्नु भएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here