सुनदह सहकारी संस्थाले ठगी गरेको भन्दै प्रहरीमा उजुरी

0
132

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे-६ मा रहेको सुनदह वचत तथा ऋण सहकारी संस्थाले ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

गएको जेष्ठ २८ गते ३३ लाख ६९ हजार ३५५ रुपैयाँ ठगी गरेको भनी तारा खड्का समेत २५ जना पिडितहरुले ईलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका हुन् ।

ठगी कसुर अन्तर्गत दिएको जाहेरी दरखास्त ईप्रका कार्यालय पथरीमा दर्ता भई अनुसन्धान भई रहेको ईप्रका पथरीका प्रमुख डिएसपी लक्ष्मी प्रसाद भण्डारीले जनाउनु भएको छ।

प्रहरीले उक्त सहकारी संस्थामा वचत गर्ने जाहेरी दिन छुटेका र बाँकी रहेका वचतकर्ता पिडितहरुले यथाशिघ्र ईलाका प्रहरी कार्यालय पथरी मोरङमा गएर जाहेरी दरखास्त दिन सक्नु हुने पथरी प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here