नगर प्रमुख नै अनुपस्थित सार्वजनिक सुनुवाईमा कर्मचारीसंग नागरिकको प्रश्नै–प्रश्न

0
55

शिवगञ्ज ।

शिवसताक्षी नगरपालिकाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

यस अघि वडा नम्बर ८ ले पनि सम्पन्न गरेको थियो । वडा कार्यालय परिषरमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम, प्रभावकारिता र सेवा प्रवाहका बारेमा सेवाग्राहीले जनप्रतिनिधि र कर्मचारी संग हाक्काहाक्की प्रश्न गरेका थिए । कार्यक्रममा वडाका २७८ स्थानिय सहभागी भएका थिए ।

सार्वजनिक सुनुवाईमा ४३ जनाले विभिन्न विधि अपनाएर गुनासो तथा सुझाव राखेका थिए । सहभागि मध्ये २६ ले उठेर, १३ ले गुनासो तथा सुझाव टिपाएर र ४ जनाले खामबन्दी गुनासो तथा सुझाव राखेका थिए ।

कार्यक्रममा सहभागिले राखेका गुनासा मध्ये ७२ प्रतिशत नगर केन्द्रित गुनासा छन् । तर, नगर प्रमुख कार्यक्रममा अनुपस्थित थिए । उपप्रमुख नरमाया कार्की कार्यक्रमको मध्यान्ह तिर पुगेकी थिइन् । सहभागिले राखेका गुनासा मध्ये २८ प्रतिशत वडा केन्द्रित थिए ।

कार्यक्रममा नगर प्रमुख र उपप्रमुख अनुपस्थित हुँदा सेवाग्राहीले वडा अध्यक्षलाई प्रश्न गरेका थिए । उनिहरुले भने ‘हामीले भोट दिएर जिताएको ‘‘मेयर साहेव’’ खोई ?’ जनताका सुझाव भए ग्रहण र गुनासो भए तत्काल सम्बोधन गर्न नगर प्रमुख र उपप्रमुख तयार हुनुपर्ने सहभागिको तर्क थियो । उनिहरुले भने,‘ नगर प्रमुख र उपप्रमुख दुईजना नै अभिभावक सार्वजनिक सुनुवाईमा नहुँदा आफुहरुलाई कार्यक्रमनै खल्लो महसुस भयो ।’

नगर केन्द्रित गुनासोको जवाफ नगर प्रमुख र उपप्रमुखको अनपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत अमृतवहादुर राईले दिए । कार्यक्रमको मध्यान्न पछि पुगेकी उपप्रमुख ले नगर स्तरिय गुनासोको सुनुवाई गरेकी थिइन् ।

वडा केन्द्रित गुनासाको वडा अध्यक्ष मनोज खुलाल कार्की र गोमा रिजालले सहभागिलाई जवाफ दिएका थिए । सडक पुर्वाधार, कृषी, शिक्षा, पशु, स्वास्थ्य, सामाजिक, योजना, शान्ति सुरक्षा, महिला तथा बालबालिका लगायतका विषयमा सहभागिले हाक्काहाकी प्रश्न गरे ।

शिक्षाका विषयमा उठेका गुनासाको शिक्षा अधिकारी छवि ढकाल र शिवगञ्ज बहुमुखी क्याम्पस संचालन समितिका अध्यक्ष मिलनकुमार ढुँगानाले जवाफ दिएका थिए । शान्ति सुरक्षाका विषयमा इलाका प्रहरी कार्यालय शिवगञ्जका ललित झाले सेवाग्राहीलाई जवाफ दिए ।

कार्यक्रममा नगरका योजना, पशु, कृषि, सहकारी, स्वास्थ्य लगायत शाखाका प्रमुख सहभागि भएनन् । उनीहरुलाई वडाले दुई दिन अघि जवाफ देहिताका रुपमा आमन्त्रण गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको बाक्लो उपस्थिती थियो ।

सताक्षी मिडिय प्रालिका सञ्चालक समेत रहेका पत्रकार विनोद सापकोटाले सहजीकरण गरेको कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदसय गोमा रिजालले गरेकी थिइन् । सो कार्यक्रममा वडा अध्यक्ष मनोज खुलालले एकवर्षे अवधिको प्रगती विवरण पेस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here