अमेरिकाबाट ३० वटा यस्तो ड्रोन किन्दै भारत, सीमामा चीनविरुद्ध शक्ति बढाउने

0
69

काठमाण्डौं ।

भारतको रक्षा मन्त्रालयले बिहीबार अमेरिकाबाट ३० वटा MQ-9B प्रिडेटर ड्रोन खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यी ड्रोनको खरिदले भारतीय सेनाको विशेषगरी चीनसँगको सीमा क्षेत्रमा निगरानी गर्ने क्षमता बलियो बनाउनेछ।

रक्षा मन्त्रालयको यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको केही दिनअगाडि आएको हो।

तीन अर्ब अमेरिकी डलरको यो खरिद सम्झौता आगामी साता प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँगको वार्तापछि घोषणा हुन सक्ने अनुमान गरिएको छ।

रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषद्को बैठकले यसको खरिद प्रस्तावलाई अनुमोदन गरेको हो। भारतीय सेनाका तीनवटै तहले यो ड्रोन प्रयोग गर्न सक्छन् र यसमा समुद्री निगरानीबाट दुश्मनको पनडुब्बीलाई निशाना बनाउने क्षमता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here