नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष ढकालको देश दौडाह, सात जिल्लामा समिति गठन

0
101

बिर्तामोड ।

तस्वीर– विभिन्न जिल्लामा गठन भएका समितिहरु ।

कोरोना कहर तथा आर्थिक मन्दिका कारण सुस्ताएको ब्यवसायलाई चलायमान बनाउने उद्धेश्यले नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका केन्द्रिय अध्यक्ष लीलाप्रसाद ढकालले देश दौडाह थालेका छन् ।

नेपाली कांग्रेस निकट ब्यवसायीहरुको साझा संगठनको रुपमा रहेको नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले जिल्ला–जिल्लामा समिति गठन प्रक्रियालाई तिब्रता दिएको हो ।

७७ वटै जिल्ला र प्रदेशहरू गठन गर्दै अगाडि बढ्ने उद्धेश्यका साथ संगठन विस्तारलाई तिब्रता दिएको अध्यक्ष ढकालले जानकारी दिए । व्यवसायीहरुलाई संगठित गर्दै आर्थिक चलायमान बनाउनुका साथै आफ्ना अधिकारहरु स्थापित गर्ने उद्धेश्यले जिल्ला–जिल्लामा समिति गठन प्रक्रिया उत्साहजनक रुपमा भइरहेको जनाइएको छ । सबै जिल्ला तथा प्रदेश समिति गठन सकिएपछि केन्द्रिय महाधिवेशन गरिने अध्यक्ष ढकालले बताए ।

तस्वीर– विभिन्न जिल्लामा गठन भएका समितिहरु ।

नेपाली कांग्रेस भित्र मौलाएको बिसंगतीलाई सुदृढीकरण गर्दै पार्टीको आमूल परिवर्तनमा संघको भुमिका महत्वपूर्ण हुने अपेक्षाका साथ सम्पूर्ण होटल व्यवसायीहरुलाई गोलबद्ध गरिने अभियान शुरु गरिएको बताइएको छ । केन्द्रिय अध्यक्षको जिम्मेवारी पाए लगत्तै ढकालले काठमाण्डौं, सुनसरी, सिराहा, पाँचथर, तेह्रथुम, बाँके र रुपन्देहीमा समिति गठन गरिसकेका छन् ।

छोटो समयमा जिल्ला–जिल्लामा समिति गठन प्रक्रिया उत्साहजनक रुपमा शुरु भएको बताइएको छ । कोशी प्रदेशका तीन जिल्लामा समिति गठन भइसकेको छ भने अन्य जिल्लामा पनि समिति गठनका लागि व्यवसायीहरु उत्साहित भएको अध्यक्ष ढकालले जानकारी दिए ।

तस्वीर– विभिन्न जिल्लामा गठन भएका समितिहरु ।

देशको राजनीतिसंगै साना होटल ब्यवसायीको हितमा काम गर्ने उद्धेश्यले कांग्रेस निकट सुवेच्क्षुक संस्थाको रुपमा संगठन रहेको जनाइएको छ । संघ सम्पूर्ण कांग्रेस निटक ब्यवसायीहरुको साझा भएकाले कुनै गुट वा उप–गुट नभएको अध्यक्ष ढकालले स्पष्ट पारे । केन्द्रिय विधान अनुसार संगठन सञ्चालन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here