पथरीशनिश्चरे-१ द्वारा सार्वजनिक सुनुवाई

0
41

पथरीशनिश्चरे, 

मोरङको पथरी शनिश्चरे वडा नं. ०१ ले सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार वडा नं. १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित कार्यक्रममा वडाध्यक्ष भीम राईले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

सो सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीहरुको बाक्लो रुपमा उपस्थिति रहेको थियो । उनीहरुले वडाको विकास र सुधारकालागि विविध सुझावहरु सहित सवाल राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, समाजसेवी वसन्तकुमारी राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु सुरेशकुमार कार्की, आरती विश्वकर्मा, वडा सचिव इन्दु सुवेदी र प्राविधिक बलबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here