अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित

0
56

बिर्तामोड।

अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् ।गएराति सम्पन्न मतगणनाबाट ३५० मत ल्याई अध्यक्षमा गिरी निर्वाचित भएका हुन् ।उनका प्रतिष्पर्धी नारायण पोखरेलले २३० मत पाएका छन् ।

गत जेठ २९ गते शुरु भएको २१ औं जिल्ला अधिवेशनमा सहमति नभएपछि हिजो निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् ।

सचिवमा बालचन्द्र कार्की निर्वाचित भएका छन् भने सहसचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पुजा सुवेदी निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् । सदस्यहरु पनि सर्वसम्मत भएको जनाइएको छ । अनेरास्ववियु झापाको कार्यसमिति ५१ जनाको गठन हुने भएको छ । अधिवेशनमा करिव साढे ७ सय मतदाता रहेकोमा ५८८ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here