पहिरोमा परी निधन भएका राई बुवाछोराको शव झापा ल्याइयो

0
69

झापा।

ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी मृत्यु भएका राई बुवा छोराको शव झापा ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको शव झापा ल्याइएको हो । अर्जुनधारा ६ स्थित माता मन्दिर नजिकै घर भएका ६७ वर्षीय केशरबहादुर र ३६ वर्षीय छोरा सुरेश राईलाई ताप्लेजुङस्थित घर नजिकै गएको पहिरोले लगेको थियो ।

घर नजिकै राखिएको गाडी सार्न जाने क्रममा पहिरोमा परी तत्कालै सुरेशको मृत्यु भएको थियो भने उनका वुवा केशरवहादुरलाई वेपत्ता बनाएको थियो । मृतक राई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेका साइला भिनाजु र भान्जा रहेको बताइएको छ ।

भिनाजु र भान्जा विहान घरमा चिया खाएर बसिरहनु भएको रहेछ थेवेले भने – घर नजिकै राखिएको गाडी सार्न जाँदा उहाँहरु पहिरोमा पर्नु भएको हो । पहिरोमा परी भिनाजु र भान्जाको निधन भएको हो । दिदी तारा राई भने सकुसल हुनुहुन्छ थेवेले भने – भिनाजु र भाञ्जाको शव सहित दिदीलाई समेत उद्धार गरेर झापा ल्याइएको छ ।

मृतक राई वुवाछोराको मंगलवार कनकाई माईमा अन्त्येष्टि गरिने बताइएको छ । रसियामा रहेका मृतक राईका कान्छा छोरा विजय आएसंगै भिनाजु र भाञ्जाको अन्त्येष्टि गरिने कांग्रेस नेता थेवेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here